स्तर बृद्दी संगै स्वास्थ्यमा पुन संस्था प्रमुखको बिबाद : संस्था प्रमुख को हुने ? के छ नीतिगत व्यवस्था ?

स्वास्थ्यमा बिगत लामो समय देखि रोकी रहेको स्तर बृद्दी स्वास्थ्य सेवा बिभागले आब २०७६/०७७ को असार मसान्त बेलुकी सम्म बिभिन्न समूहका १००० औं स्वास्थ्यकर्मीहरु लिस्ट सार्वजनिक गर्यो / लिस्ट सार्वजनिक भयो आम स्वास्थ्यकर्मीको मनमा दोधारमा रहेको स्तर बृद्दी रोकिने ट हैन ? भन्ने प्रश्न को उत्तर साकारात्मक मिल्यो, आफ्नो चिठी लिन पनि पहिला जस्तो दौड धुप गर्नु पर्ने बिभागले वेबसाइट मै राखी दियो पारदर्शिताको गतिलो उदाहरण देखायो , कतिले यसलाई स्वास्थ्यमा ईतिहासमै स्वास्थ्य सेवा बिभागको अति सराहनीय काम भन्दै प्रसंसा सहित सामाजिक संजालमा आफ्नो पोस्ट राखे /
जव स्तर बृद्दीको पत्र आयो, खुसि मुद्रामा स्वास्थ्यकर्मी आफ्नो पत्र बोकेर आफ्नो पालिका मा निबेदन सहित पदस्थापना को गए अनि सुरु भयो नैरास्यताको बाटो /
आखिर भयो के ?
स्वास्थ्य सेवा बिभागले स्तर बृद्दी हुदा स्वास्थ्य सेवा तर्फका हेई समुहका हे.अ/सी अहेव लगायतका स्वास्थ्यकर्मीलाई पद/पदनाम : जनस्वास्थ्य निरीक्षक दियो, जसलाई दुवै तवरले व्याख्या गर्न सकिन्छ , पद वा पदनाम / पद खोज्दा पदस्थापना हुनुपर्ने देखिन्छ जुन अहिलेको पालिका मा मात्रै देखिन्छ / स्वास्थ्य चौकीमा पहिले धेरै ठाउमा छैटौ तह हेईका कर्मचारी पदस्थापित पनि छन /
के छ नीतिगत व्यवस्था ?
मिति २०७५ पौष २९ गते नेपाल सरकार मन्त्रीपरिषदको निर्णय मुताबिककोन्दी संगठन संरचना अनुसार कुनैपनि स्थानिय स्वास्थ्य संस्थामा तहगत जेष्ठता कायम गर्दा यदि कुनै स्वास्थ्य संस्थामा समान तहका कर्मचारी रहने अबस्था सृजना भएको खण्डमा कार्यालय प्रमुख को हुने भन्ने बिषयमा बुदा न ४ क देखि घ सम्म प्रष्ट रुपमा प्राथमिकताका आधारहरु उल्लेख गरेको र बुदा नं ४ (क) मा लोक सेवा आयोगको प्रक्रियाबाट पाँचौ तहमा पदस्थापना भएको ब्याक्ती कार्यालय प्रमुख हुने भन्ने स्पष्ट व्यवस्था रहेकोछ /
हेरौ मन्त्रिपरिषक बाट पारित दरबन्दी तेरिजहरु :