स्वयंसेविका दिवसको अबसरमा दिक्तेल नगरपालिकाले दियो प्रत्साहन भत्ता ! कोक्रो घोप्ट्याउने दिन गए : नगर प्रमुख /

दिक्तेल रुपाकोट मझुवागढ़ी नगरपालिका, स्वास्थ्य शाखाले आज १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगर भरिका १५ वडाका एक/एक उत्कृष्ट मस्वासेलाई नगद रकम सहित सम्मान गरेकोछ / नगरले अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस २०१९ लाई नेपाल सरकारले बिगत १५ बर्ष देखि मनाउदै आएको महिला स्वास्थ्य स्वयम् सेविका दिवसका दिन एक समारोह सहित मनाएको हो /

नगरकाका स्वास्थ्य शाखा,१२ स्वास्थ्य चौकी र ५ सहरी स्वास्थ्य केन्द्र द्वारा ११ वटा मापदण्डमा आधारमानि हरेक वडा बाट एक/एक जना महिला स्वास्थ्य स्वयंसेविका छनौट गरिएको स्वास्थ्य शाखाका हे.अ तिर्थराज आचार्यले जनाए / छनौटका मापदण्डमा

  • अभिलेख तथा प्रतिबेदन नियमित र पूर्ण विवरण सहित पेश गरेको
  • स्वास्थ्य आमा समुहको बैठक नियमित तथा प्रभावकारी ढंगले संचालन गरेको
  • स्वास्थ्यका हरेक गतिबिधिमा नियमित पोशाक लगाएको
  • संस्थाले दिएको जिम्मेवारी अनुशासित ढंगले निर्वाह गरेको
  • खोप,गाउँघर किल्निक तथा स्वास्थ्य बिमा कार्यक्रममा सहयोग गरेको
  • गर्भवती र बालबालिकालाई नियमित घर भेट तथा परामर्शसहितको सेवा दिएको
  • राष्ट्रिय कार्यक्रममा सक्रिय सहभागी तथा समयमै प्रतिबेदन गरेको
  • परिवार नियोजन का साधन प्रयोगमा सही परामर्श र clients रिफर गरेको
  • नव शिशु तथा मातृ स्वास्थ्यमा उल्लेखनीय सहयोग गरेको
  • को अबस्था सुधार ARI/ CDD र CBIMNCI लगायतका कार्यक्रममा रचनात्मक परिवर्तन गर्नसहयोग गरेको
  • स्थानीय स्तरमा सहयोग तथा समन्वय गरि अन्य स्वास्थ्यका बिविद गतिविधिहरु गरेको

आदि रहेको आचार्यले जानकारी दिनुभयो / जनस्वास्थ्य सरोकार संग कुरा गर्दै शाखाका आचार्यले अब पनि मस्वासेहरुलाई कार्यसम्पादन द्वारा मुल्यांकन नगरिने हो भन्ने स्थानीय सरकारले नगर भित्रको स्वास्थ्य सूचांकमा खासै उल्लेखनीय सुधारको अपेक्षा गर्न नसकिने कुरा औल्याउनु भयो/
 
अब कोक्रो घोप्ट्याको हेर्ने दिन गए : नगर प्रमुख रिजाल !
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख, दिपनारायण रिजालले बोल्दै, नगर मात्रै नभई देशै भरि महिला स्वास्थ्य स्वयंसेविकाले आमा र शिशुहरुको स्वास्थ्य स्थिति ठुल्प फड्को मार्न सहयोग गरेको कुरा उल्लेख गर्दै प्रमुख रिजालले नगर भित्रका स्वयंसेविकाको प्रसंसा गरेका थिए / आफ्नो राजनीतिको सुरुवात तिर खोटांगको धेरै ठाउँमा आमाहरुले कोक्रो घोप्ट्याएको स्मरण गर्दै रिजालले अब त्यो दिनको अन्त्य भएको कुरा बताउंदै आफु मस्वासेको सेवा प्रति सन्तुष्ट रहेको समेत बताए / नगरको स्वास्थ्य अबस्था सुधार गरि स्वस्थ नगर र नगरबासि आफ्नै कार्यकालमा भएको हेर्ने धोको रहेको र सोहि अनुरुपगरेको समेत जानकारी नगर भित्रका स्वास्थ्यकर्मीको स्प्रिटको अपेक्षा गरेको बताउनु भयो /
कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले बोल्दै नगर भरिका १५९ मस्वासे मध्ये १५ छनौट हुनु अरुलाई प्रेरणाको श्रोत बन्नु भएकोमा उत्कृष्ट छनौट मस्वासेलाई बधाई ज्ञापन गर्दै मस्वासेहरुको प्रभावकारी अनुगनम गरि पृष्ठपोषण दिन समेत निर्देशित गरेका थिए/
कार्यक्रममा नगरले प्रत्येक मस्वासेलाई मासिक रु १००० प्रोत्साहन भत्ता समेत दिईदै आएको र आगामी दिनमा उक्त रकममा थप्दै लैजाने कुरा जानकारी गराईएको थियो / कार्यक्रका अतिथिहरु स्वास्थ्य कार्यालय, खोटांग दिक्तेलका प्रमुख पुण्य प्रसाद सिग्देल, One Heart Worldwide का जिल्ला कार्यक्रम संयोजक सुर्य उप्रेती लगायतले बोलेका थिए /