स्वास्थ्यको बाकी समायोजन : प्रशासनलाई जिम्मा ३५०० लाई पहिलेकै स्थान !


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत रहेको कर्मचारी समायोजन गुनासो समाधान समितिले मात्र कर्मचारीहरुको समायोजन गर्दा धेरै दिन लाग्ने भएपछि आइतबारबाट उक्त जिम्मेवारी कर्मचारी प्रशासनलाई दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल समायोजन सक्न निर्देशन दिएसंगै गुनासो समाधान समितिका संयोजक महेन्द्र प्रसाद श्रेष्ठ कर्मचारीहरुको गुनासो सम्बोधन गरी समायोजन गर्नका लागि दिनरात खटिनुभएको छ ।
गुनासो समाधान समितिले मात्र समायोजन गर्दा अझै महिनौ लाग्ने भएपछि आइतबारबार (भोली)बाट उक्त जिम्मेवारी कर्मचारी प्रशासनलाई दिएको मन्त्रालयका एक उच्च पदाधिकारीले जानकारी दिनुभयो ।
हाल स्वास्थ्य तर्फ गुनासो समाधानको लागि कर्मचारीको अभाव भएकोले समायोजनको जिम्मा प्रशासनलाई दिएको हो । कर्मचारी प्रशासनलाई समायोजनको जिम्मा दिएको खण्डमा पनि अझै एकसाता लाग्ने छ ।
मन्त्रालयका उच्च अधिकारीका अनुसार उपत्यकामा २० जना देखि २५ जनासम्म मात्र समायोजन गर्न सकिने छ । उपत्यका बाहिरको हकमा भने मागेकै ठाउँमा कर्मचारीहरुले समायोजन हुन पाउनेछन् । ३५ सय कर्मचारीको समायोजन सम्बोधन हुन बाँकी रहेकोमा बढीमा १५ सय जनाको मात्र उनीहरुले भनेको ठाउँमा समायोजन हुन सक्ने मन्त्रालयले जानकारी दिएको छ ।
बाँकी कर्मचारीहरुलाई पहिल्यै समायोजन भएको ठाउँमा जानुपर्नेछ ।हेल्थपाटी

-
१
रुद्र घिमिरे -
२
संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड -
३
रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी -
४
भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने -
५
अविश्वास प्रस्तावको कार्यविधि बनाउन मस्यौदा समिति गठन -
६
उखुको बक्यौता : उद्योग मन्त्रालय भन्छ- ८ करोड मात्रै, गृहको रेकर्डमा १९ करोड
-
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
