काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विएस्सी नर्सिङ, बिएनएस, बि फार्मेसी, बिपिएचलगायतका १० विषयमा छात्रवृत्तिका अनलाइन दरखास्त आह्वान गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निशुल्क छात्रवृत्ति सिट कायम गरिएका शिक्षण संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रवृत्तिका लागि दरखास्त दिन सक्ने छन्। इच्छुक विद्यार्थीले कार्तिक १८देखि मंसीर २ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन्
मन्त्रालयले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्र्तगतका आंगिक क्याम्पसहरु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका निजि शिक्षण संस्थामा १० प्रतिशत तथा विदेशी लगानीका निजि शिक्षण संस्थामा २० प्रतिशत प्राप्त हुने विभिन्न १० विषयका लागि छात्रवृत्तिमा दरखास्त मागेको हो।
मन्त्रालयको छात्रवृत्ति शाखाले सूचना जारी गर्दै दरखास्त दिन चाहने विद्यार्थीले जुन विश्वविद्यालय, प्रतिष्ठान र विषयका लागि योग्यताक्रम कायमका लागि दरखास्त दिन चाहेको हो सोही विषयमा सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानले २०७६ मा संचालन गरेको सो विषयको प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याइ उर्तीण गरेको हुनुपर्ने जनाएको छ।
अनलाइन आवेदन ww.scholarship.moest.gov.np मा लग इन गरी भर्न सकिने मन्त्रालयले जनाएको छ।
हेरौं मन्त्रालयको सुचना :