स्वास्थ्य सेवा बिभागको महानिर्देशकमा डा.रोशन पोखरेल !


स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले मंगलबार पदबहाली गरेका छन् । वरिष्ठ साइक्य्राटिक डा. पोखरेललाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्तमहानिर्देशकमा नियुक्त गरेका थिए । डा. पोखरेल स्वास्थ्यसेवा विभागको २५औँ महानिर्देशक बन्न सफल भएका हुन् । यसअघिका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले २१ भदौमा उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि विभागको महानिर्देशक पद रिक्त थियो ।
विभागको महानिर्देशकका लागि १२औँ तहको प्रमुख विशेषज्ञ हुनुपर्ने प्रावधान रहेकोमा हाल उक्त पदमा कार्यरत कोही पनि नभएकाले ११औँ तहका डा. पोखरेललाई निमित्तमहानिर्देशकको जिम्मेवारी दिइएको हो । स्वास्थ्यसेवामा ११औँ तहमा कार्यरतमध्ये डा. पोखरेल सबैभन्दा सिनियर हुन् । सबैभन्दा सिनियर भएका कारण १२औँ तहमा प्रमुख विशेषज्ञमा बढुवा गर्दा पनि डा. पोखरेल नै पहिलो नम्बरमा पर्ने सम्भावना छ । यद्यपि, प्रमुख विशेषज्ञ नियुक्तिका लागि लोकसेवाको प्रक्रिया अपनाउनुपर्ने र हालसम्म कुनै प्रक्रिया नबढेकाले तत्कालै भने पदपूर्ति हुने देखिँदैन । डा. प्याकुरेल सेवानिवृत्त भएसँगै स्वास्थ्य मन्त्रालय प्रमुख विशेषज्ञविहीन छ ।
यसअघि महानिर्देशक डा. पोखरेलले लामो समयदेखि कोसी (अञ्चल) अस्पतालको निर्देशकका रूपमा काम गरेका थिए । कर्मचारी समायोजनपछि उनको मन्त्रालयमा भएको थियो ।
डा. प्याकुरेलले अवकाश पाएसँगै मन्त्रालयमा प्रमुख विशेषज्ञको पद रिक्त हुने भएपछि मन्त्रालयले स्वास्थ्यसेवा ऐनको प्रावधानअनुसार उमेरहदका कारण सेवानिवृत्त हुन लागेका डा. प्याकुरेलको सेवाअवधि १ वर्ष थप्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । कानुनी रूपमा प्रमुख विशेषज्ञको जिम्मेवारी धेरै भएको अवस्थामा सो पद खाली हुन नदिन मन्त्रिपरिषद्ले उनको म्याद थप गर्ने अनुमान लगाइएको थियो । तर, त्यसो हुन नसकेपछि १२औँ तहको प्रमुख विशेषज्ञको पदसँगै विभागको महानिर्देशक पद पनि रिक्त हुन पुगेको थियो ।श्रोत हेल्थपोस्ट नेपाल

-
१
रुद्र घिमिरे -
२
संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात : प्रचण्ड -
३
रुकुम पश्चिमको राडी बजार दिनभर तनावग्रस्त, प्रशासनद्वारा निषेधाज्ञा जारी -
४
भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप दिने -
५
अविश्वास प्रस्तावको कार्यविधि बनाउन मस्यौदा समिति गठन -
६
उखुको बक्यौता : उद्योग मन्त्रालय भन्छ- ८ करोड मात्रै, गृहको रेकर्डमा १९ करोड
-
१
सरकारले गर्यो स्थानीय तहको वर्गीकरण : तपाई बसेको ठाउ दुर्गम कि सुगम ?(७५३ तहको विवरण) -
१
स्वास्थ्यको स्तरबृद्दी सम्बन्धि स्वास्थ्य सेवा बिभागको सूचना २०७६ -
१
प्राथामीक स्वास्थ्य केन्द्र (PHC) को परिमार्जित नयाँ दरबन्दी संरचना २०७६ -
१
कर्मचारी समायोजन,सरुवा,बढुवा र रमाना भए पछी भर्ने पारिवारिक दैनिक भ्रमण भत्ता सम्बन्धि अभिलेख फारम ९०६ (साबिकको -१८९) -
१
कार्मचारीको विवरण अध्यावधिक गराउने सम्बन्धि सामान्य प्र. मन्त्रालयको महत्वपूर्ण परिपत्र -
१
बिद्यालय नर्स सेवा कार्यक्रम संचालन कार्यविधि २०७६
