स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र प्रसाद श्रेष्ठ

काठमाडौँ,। स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी महेन्द्र प्रसाद श्रेष्ठले पाएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विहीबार मन्त्रिस्तरीय निर्णय गर्दैै श्रेष्ठलाई सो जिम्मेवारी दिएका हुन् ।
विभागका निमित्त महानिर्देशक रहेका डा रोशन पोखरेललाई स्वास्थ्य  मन्त्रालय सरुवा गरिएको छ ।
यस्तै मन्त्रालयमा नीति योजना महाशाखाको जिम्मेवारी डा गुणराज लोहनीले पाएका छन् । यसअघि सो जिम्मेवारी डा विकास देवकोटाले सम्हाल्दै आएका थिए । डा देवकोटालाई स्वास्थ्य समन्वय महाशाखा जिम्मेवारी दिइएको छ ।