• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Saturday, January 16, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

होम क्वरेण्टीनमा बस्नेले के कस्ता कार्यहरु गर्ने ?

Public Health Concern by Public Health Concern
July 26, 2020
in जानी राखे राम्रो, स्वास्थ्यमा चर्चा, स्वास्थ्यमा नेपाल सरकारका सूचना तथा जानकारीहरु
0
जम्मा कोरोना संक्रमित ९०२६ पुग्यो, थप ४२१ जनामा कोरोना पुष्टि, १७७२ जना डिस्चार्ज /

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश वा कोरोना सङ्क्रमण भएको ठाउँबाट घर फर्किनेहरुले आफ्नै घरको क्वरेण्टीनमा बस्न सक्ने तर सावधानी अपनाउनुपर्ने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले पनि धेरै जना विदेशबाट फर्किरहेकाेले हाेम क्वरेण्टीनमा बस्दा सुरक्षाका उपाय अपनाउनुपर्ने बताउनुभयो । सङ्क्रमण फैलने जोखिम हुने भएकोले जोखिम घटाउनका लागि सबैले सहयोग गर्नुपर्ने प्रवक्ता डा. गाैतमकाे भनाइ छ ।

होम क्वरेण्टीनमा बस्दा के गर्ने त ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतम भन्नुहुन्छ–

– सकेसम्म छुट्टै कोठामा बस्ने, छुट्टै कोठामा बस्न सम्भव नभएमा अरु व्यक्तिबाट कम्तीमा दुई मिटर टाढा बस्ने
– स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था जाने समयबाहेक अरु बेला घरबाट बाहिर ननिस्कने
– स्वास्थ्य संस्था जाँदा सार्वजनिक यातायातको प्रयोग नगर्ने
– स्वास्थ्य संस्था जाँदा वा घरमा बस्दा अनिवार्य मास्ककाे प्रयोग गर्ने
– आफूले खाना खाने भाँडा तथा प्रयोग गर्ने रुमाल, मन्जन, ब्रुसलगायत सामान अरुको पहुँचमा नपुर्‍याउने, ती सामान आफैले धुने वा माझ्ने
– बेलाबेलामा हात धुने वा स्यानिटाइजरकाे प्रयोग गर्ने
– हातले नाक, मुख र आँखामा नछुने
– खोक्दा, हाच्छिउँ गर्दा टिस्यु पेपर वा रुमालले अनुहार छोप्ने र त्यसलाई छुट्टै व्यवस्थापन गर्ने वा धुने र तत्कालै हात धुने
– रुमाल, कपडा आफैले धोएर घाममा सुकाएपछि मात्र फेरि प्रयोग गर्ने
– छुट्टै शौचालय प्रयोग गर्ने, यदि छैन भने प्रयोग गरेपछि आफैले सङ्क्रमण हटाउने पदार्थको प्रयोग गरी सरसफाइ गर्ने
– जथाभाबी नथुक्ने
– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन कडाइका साथ पालना गर्ने
– हरेक दिन शरीरको तापक्रम नाप्ने र मितिअनुसार टिपेर राख्ने
– घरपरिवारका सदस्यले चाहिँ क्वरेण्टीनमा बस्न सहयोग गर्ने र नियम पालना गरे नगरेको सुनिश्चित गर्ने

-उज्यालो अनलाइन

Tags: Home Quarantineहोम क्वारेन्टाइन
Previous Post

कोभिड–१९ महामारीको सन्दर्भमा कुष्ठरोग कार्यकमको सेवा ब्यबस्थापन मापदण्ड २०७७

Next Post

स्वास्थ्य-चौकी बाट उपलब्ध हुने सेवाहरु समेटिएको स्वास्थ्यचौकीको-नागरिक बडापत्र(नमुना )

Next Post
स्वास्थ्य-चौकी बाट उपलब्ध हुने सेवाहरु समेटिएको स्वास्थ्यचौकीको-नागरिक बडापत्र(नमुना )

स्वास्थ्य-चौकी बाट उपलब्ध हुने सेवाहरु समेटिएको स्वास्थ्यचौकीको-नागरिक बडापत्र(नमुना )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In