• contact us
  • Home
  • Newsletter
  • Terms and conditions
Monday, January 18, 2021
Social icon element need JNews Essential plugin to be activated.
  • Login
  • Register
Public Health  Concern(PHC)
Advertisement
No Result
View All Result
No Result
View All Result
Public Health  Concern(PHC)
No Result
View All Result

अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै निर्माण हुने, ६४ करोड निकासा

अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

Public Health Concern by Public Health Concern
August 30, 2020
in जनस्वास्थ्य समाचार, राष्ट्रिय, स्वास्थ्यमा अहिले
0
अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै निर्माण हुने, ६४ करोड निकासा

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा तत्कालै सुरू गर्ने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबार मात्र ६४ करोड रुपैयाँ निकासा भएको छ ।

अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ ।

यसैबीच स्वास्थ्यमन्त्री ढकालले सामूहिक लडाइँले मात्रै कोरोनालाई परास्त गर्न सकिने बताएका छन् । हिसान, चिकित्सक संघ, नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतिनिधिहरुसँग शुक्रबार संयुक्त छलफलको क्रममा मन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सबैको साथ आवश्यक रहेको बताएका हुन् ।

काम गर्नेक्रममा केही कमजोरीहरु भएका भए त्यसलाई सुधार गरेर अघि बढ्ने पनि मन्त्री ढकालले बताए ।

फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउँदै मन्त्री ढकालले उनीहरुले पाउने सेवा सुविधा र प्रोत्साहन भत्तामा विभेद नगर्ने बताए ।

Previous Post

महामारीको समयमा स्वास्थ्य मन्त्रालयले माग्यो असिमित स्वास्थ्यकर्मीको आबेदन / सूचना,फारम सहित /

Next Post

यसैबर्ष देखि नवजात शिशुलाई ‘भिटामिन-के’ कार्यक्रम सुरुहुदै /

Next Post
यसैबर्ष देखि नवजात शिशुलाई ‘भिटामिन-के’ कार्यक्रम  सुरुहुदै /

यसैबर्ष देखि नवजात शिशुलाई ‘भिटामिन-के’ कार्यक्रम सुरुहुदै /

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In