भेरो सेल खोपको बारेमा पूर्ण जानकारी /(परिचय,प्रयोग,प्रभावकारीता, प्रस्तुतीकरण समेटिएको)

कस्तो हो भेरोसेल खोप ?

यो खोप चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड सिनोफार्मअन्तर्गत उत्पादित ‘कोभिड–१९ भ्याक्सिन (इनएक्टिभेटेड भ्याक्सिन) हो । औषधि व्यवस्था विभागले उक्त खोप गत वर्ष फागुन ४ गते आपत्कालीन प्रयोगका लागि ससर्त अनमुति दिएको थियो । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने यो खोपको म्याद दुई वर्षको छ । कोभिसिल्डको भने ६ महिनाको रहेको छ ।

पुरानो प्रविधिमा आधारित भेरोसेलमा मृत कोरोनाको कोषिका उपयोग गरिएको छ । निष्क्रिय भाइरसको कणले निर्मित खोप भएकाले यसमा रोग उत्पन्न गर्ने क्षमता नहुने । ‘यो खोपको प्रभावकारिता ७९.३४ प्रतिशत छ,’ ‘०.५ मिलिलिटरको मात्रा दुई पटक लगाउनुपर्ने हुन्छ ।’ पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा लगाउन प्रस्तावित गरिएको छ । यसअघि आएको ८ लाख मात्रा भेरोसेल भाइलबाट सिरिन्जमा तानेर व्यक्तिमा लगाइन्थ्यो । उक्त खोपको भाइल र सिरिन्ज छुट्टाछुट्टै हुन्थ्यो । ‘अहिले आएकोमा भने पहिले नै सिरिन्जमा एक मात्रा हालिएको (प्रिलोडेड) छ ।

भेरो सेल खोप कति प्रभावकारी

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड-१९ विरुद्धको यो खोपलाई गत महिना आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।

डब्ल्यूएचओबाट स्वीकृति पाउने यो युरोपबाहिर निर्मित पहिलो कोभिड खोप हो। तर त्यसअघि नै नेपालमा भेरो सेल प्रयोगमा ल्याइसकिएको थियो।

नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ।

सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ।

डब्ल्यूएचओका अनुसार सबै उमेर समूहको विवरणका आधारमा यो खोपको प्रभावकारिता ७९ प्रतिशत देखिएको छ।

“यसको प्रभावकारिता चाहिँ कोभिशील्डको भन्दा पनि अलिकति राम्रै छ भन्ने रिपोर्ट आइरहेको छ। विभिन्न उमेर समूह र विभिन्न परिस्थितिमा राम्रै डेटा आइरहेको छ।”

डब्ल्यूएचओले १८ वर्षमाथिका मानिसलाई यो खोप लगाउन सकिने भनेको छ। तर उसले माथिल्लो उमेर समूह भने तोकेको छैन। श्रोत : कान्तिपुर दैनिक

कसरी बन्छ यो खोप

निर्माणका दृष्टिकोणबाट भेरो सेल परम्परागत खोपको वर्गमा पर्छ।

मानिसको प्रतिरक्षा प्रणालीलाई कोभिड-१९ को कारकविरुद्ध परिचित गराउन यसमा कोरोनाभाइरसलाई नै निष्क्रिय बनाएर प्रयोग गरिएको हुन्छ।

भाइरस निष्क्रिय हुने हुँदा खोप लगाउँदा त्यसबाट मानिसमा कुनै जोखिम नहुने बताइन्छ।

नेपालमा प्रयोग गरिएको अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकसित अनि भारतमा उत्पादित कोभिशील्ड खोप पनि परम्परागत खोप नै हो।

चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?

त्यसमा चिम्पान्जीबाट सङ्कलित रुघा लगाउने एक प्रकारको एडिनोभाइरसको संरचनामा केही परिवर्तन गरी कोरोनाभाइरसको आनुवंशिक अंश राखिएको हुन्छ।

कोरोनाभाइरसको वाहकका रूपमा प्रयोग गरिएको एडिनोभाइरस खोपसँगै शरीरमा प्रवेश गर्छ।

अनि मानिसको प्रतिरक्षा प्रणाली वास्तविक कोरोनाभाइरसलाई चिन्न सक्षम हुन्छ। यसरी यो खोपले मानिसलाई सङ्क्रमण हुनबाट जोगाउँछ।

नेपालमा कुनकुन खोप उपलब्ध

नेपालले चीनबाट यसअघि चीनमा निर्मित कोभिड खोपको आठ लाख मात्रा प्राप्त गरिसकेको छ।

भारतले अनुदानमा १० लाख मात्रा कोभिशील्ड खोप नेपाललाई दिएको थियो। नेपाली सेनाका लागि पनि भारतीय सेनाले एक लाख मात्रा त्यस्तो खोप प्रदान गरेको थियो।

नेपालले प्रारम्भिक चरणमा भारतबाट २० लाख मात्रा कोभिशील्ड खोप खरिद गरेको तर त्यसमध्ये १० लाख मात्रा मात्र नेपालमा आएको बताइएको छ।

कोभिडशील्ड

भारतले दोस्रो लहरका कारण खोप निर्यात गर्न रोकेपछि कोभिशील्ड खोप उत्पादकबाट बाँकी खोप हालसम्म आउन सकेको छैन।

कोभ्याक्स योजनाअन्तर्गत नेपालले तीन लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको अधिकारीहरूले जनाएका छन्।

अमेरिकाले विभिन्न देशलाई कोभ्याक्स कार्यक्रमअन्तर्गत कोभिडको खोप उपलब्ध गराउने योजना सार्वाजनिक गरेको छ। खोप पाउने देशहरूको सूचीमा नेपाल पनि परेको छ।

तर नेपालले कुन खोप कति मात्रा मात्रामा पाउँछ भन्ने स्पष्ट भइसकेको छैन। श्रोत : बिबिसी नेपाल

हेरौ प्रस्तुतीकरण :