स्वास्थ्यकर्मी लाई स्तरबृदीको फाराम भर्न अनुरोध : उपत्यका बाहिरकाले पालिकामा बुझाउनुपर्ने /(पूर्ण बिवरण)
असार ३१ सम्म फारम भरिसक्नुपर्ने

स्वास्थ्य सेवा विभागले स्तरवृद्धिको लागि फारम भर्न अनुरोध गरेको छ।

शुक्रबार विभागले एक सुचना जारी गर्दै २०७८ असार महिनासम्म हुनु पर्नेस्तरवृद्धिको लागि आवश्यक कागजपत्र सहित फारम भर्न निर्देशन दिएको हो।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिम स्तरबृद्धिको लागि तोकिएको सर्त भएका कर्मचारीले स्वास्थ्य सेवा नेयमावली,२०५५ को नियम ८४(क) बमोजिम २०७८ असार महिनासम्म हुनु पर्ने स्तरवृद्धिका लागि फारमभरी पठाउन कर्मचारीलाई निर्देशन दिएको छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै कर्मचारीले असार ३१ सम्म फारम भरिसक्नुपर्ने छ।

उपत्यकाका तिनवटा जिल्लामा कार्यरत कर्मचारीहरूले स्वास्थ्य सेवा विभागमा, स्थानीय तहमा कार्यरतको हकमा सम्बन्धित स्थानीय तहमै भनुपर्र्ने छ।

त्यसैगरी, काठमाडौं उपत्यका बाहिरका प्रदेश तथा संघ अन्तर्गतका कार्यालयमा कार्यरत भए सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यलयमा फारम भर्नुपर्ने छ।हेल्थ पोस्ट नेपाल

हेरौ सूचना तथा अन्य जानकारी पत्रहरु :

  1. कर्मचारीको कमि भए थप गर्न सकिन्छ होला शिक्षित युवा वेरोजगाको कमि पक्कै छैन हाम्रो नेपालमा यदि स्वास्थ्य लेआफ्नो मातहतको कर्मचारी…

  2. सङ्घका कर्मचारीहरुको मानसिकता ठीक लागेन । के गर्दा आफूलाई के फाइदा हुन्छ भनेर बनाएका नीति नियम र निर्देशनले सोझासीधा व्यक्ति…

स्तर बृद्दी फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस /