कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८-पूर्ण पाठ
पूर्ण कर्वाबिधि समेटिएको

नेपालमा पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा भोलि असार ७ गते सकिदैछ । अब सरकारले निषेधाज्ञा अर्थात् लकडाउनसम्बन्धी नयाँ अवधारणा ल्याएको छ । त्यो हो, ‘स्मार्ट लकडाउन’ ।

अहिले कार्यान्वयनमा रहेको लकडाउनको मोडालिटीलाई परिमार्जन गर्दै सरकार अब स्मार्ट लकडाउनमा जाने भनेको छ । तर, स्मार्ट लकडाउनमा के हुने र के नहुने ? के गर्न पाउने र के गर्न नपाउने भन्नेमा आम सर्वसाधारणहरू अन्योलमा छन् । यसैका लागि अहिले सरकार, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक जारी छ ।

के हो त स्मार्ट लकडाउन ? यसमा के के गर्न पाइन्छ के-के पाइदैन ?

सीसीएमसीका अनुसार नयाँ परिभाषित स्मार्ट लकडाउन भनेको वैज्ञानिक लकडाउनको उन्नत मोडालिटी हो । जुन मोडालिटी अनुसार अत्यावश्यक र प्राथमिकताका आधारमा बजार, व्यवसाय देखि सार्वजनिक क्षेत्र क्रमशः खुल्ला गर्दै जाने भन्ने हो । त्यसका लागि अहिले प्राथमिकताको क्षेत्र यकिन गरिँदैछ भने ती क्षेत्रलाई कसरी क्रमशः खोल्ने भन्ने विषयमा मोडालिटी बनाइँदैछ, सूचना अधिकारी ढुंगानाले रातोपाटीसँग भने ।

अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तु खरिद–विक्रीका लागि टाईमकार्ड लागू गरिने

किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक फरक समय निर्धारण गरी संचालन गर्ने गरी अहिले छलफल चलिरहेको छ ।

आर्थिक गतिविधिलाई विस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालीटी ‘स्मार्ट लकडाउन’ नीति अनुरुप यस्ता क्षेत्रमा टाइमकार्ड प्रणाली लागू गरिने तयारी सीसीएमसीले गरेको छ । जुन गत हप्ता थपिएको लकडाउनबाट क्रमशः कार्यान्वयनमा ल्याइएको छ । तर, यसमा थप आवश्यकता र स्वास्थ्य जोखिमलाई हेरेर बढाइने सीसीएमसीको भनाई छ ।

यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे मोडालिटीमा नै सञ्चालन गर्न दिइने गरी रणनीति बनाइएको छ । यस्तै अनलाइनबाट हुने होमडेलीभरीलाई समेत यथावत राख्ने गरी तयारी भइरहेको सीसीएमसीले जनाएको छ ।रातोपाटि

हेरौ कार्यविधिका महत्वपूर्ण भागहरु :

पुरा कार्यविधि हेर्न या डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस /