घरैमा बसी यसरी लिनुहोस QR कोड सहित कोभिड-१९ बिरुद्दको खोप कार्ड /फर्म सहित
पूर्ण प्रक्रिया सहित /

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि क्युआर कोड सहितको विद्युतीय खोप प्रमाणपत्र दिन सुरु गरिएको जानकारी दिएको छ ।

मन्त्रालयले विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्नका लागि अनलाइन तथा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार https://vaccine.mohp.gov.np/public-request-form मा गई अनलाइन पोस्ट् रजिस्ट्रेसन गरी माग गरिएका विवरण तथा कागजातहरु अपलोड गरी प्रमाणपत्र लिन सकिन्छ भने अनलाइन पोस्ट् रजिस्ट्रेसन गर्न असमर्थ भएकाहरुले राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा उपस्थित भएर कागजात पेश गरी खोप प्रमाणपत्र लिन आग्रह गरेको छ ।

मन्त्रालयले खोप प्रमाणपत्र लिनका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपि, खोप कार्डको फोटोकपि जस्ता कागजातहरु पेश गर्नुपर्ने जनाएको छ ।

यसैगरी, ३ दिनभित्र विदेश जानेहरुले भिसा र टिकटको फोटोकपि पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ । 

श्रोत : स्वास्थ्य मन्त्रालय
विदेशजानेहरुको लागि खोप कार्ड प्रमाणिकरण तथा क्युआर कोर्ड अब अनलाइन बाटै –  ThePressNepal

प्रमाणपत्र फारामका लागि तलको लिंकमा क्लिक गर्नुहोस :


https://vaccine.mohp.gov.np/public-request-form