अफगानिस्तान बाट फर्केका नेपालिलाई पोलियो थोपा खुवाउनु /

अफगानिस्तानबाट उद्धार गरिएका नेपाली स्वदेश फर्कने क्रम जारी छ ।

उद्धार भएर काठमाडौं आइपुगेका नागरिकलाई सरकारले सम्पूर्ण स्वास्थ्य मापदण्ड तथा प्रक्रिया पुरा गरेर होल्डिङ सेन्टरमा राखेको छ ।

२० वर्षपछि अफगानिस्तँन फेरि तालिवानको कब्जामा आएपछि पछ्रिल्ला दिनमा अफगानिस्तानमा रहेका नेपाली स्वदेश फिर्तीको पर्खाइमा रहेका छन ।

हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नागरिकको सरकारले उद्धार गरिसकेको छ ।

सन् २०१६ यता अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो रोग छ । अफगानिस्तानमा सन् १९९५ मा पोलियो खोप अभियान सुरु भएको थियो।

नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा प्रमुख डा झलक शर्मा गौतमले सोमबारबाट नेपालीहरुलाई खोप दिइने कान्तिपुरलाई बताए । उनले यससम्बन्धी योजना बनिसकेको र मंगलबारबाट नै दिन थालिने जानकारी गराए । 

डा गौतम भन्छन्, ‘हामीलाई विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर (इन्टरनेशनल हेल्थ रेगुलसन)को सिफारिस आएपछि हामीले फर्किएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेका हौँ ।’

हेरौ शर्माको फेसबुक पोस्ट :

उनका अनुसार छुटेका अरु नेपालीहरु जो घर फर्किइसकेका छन् उनीहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप दिनु भनेर पत्राचार भइसकेको छ ।

‘अफगानिस्तानमा पोलियोको संक्रमण भएकाले फर्किएकालाई खोप दिने निर्णय भएको हो,’ डा गौतमले भने ।

विश्वका धेरै स्थानमा हाल पोलियो संक्रमण नरहेपनि अफगानिस्तान र पाकिस्तानमा भने अझै संक्रमण देखिने गरेको छ। पोलियोविरुद्धको खोप अभियान प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा संक्रमण रोक्न समस्या हुने गरेको विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ।

नेपाल २०७० मा पोलियो मुक्त घोषित भएको थियो।

श्रतो सामाग्रीहरु : कान्तिपुर दैनिक, देश संचार र बिबिसी नेपालि