शहरी स्वास्थ्य कार्यक्रम तथा शहरी स्वास्थ्य नीति २०७२

शहरी क्षेत्रको जनसङ्ख्या तीव्र गतिले वृद्धि भइरहेको छ। बढ्दो शहरीकरण, औद्यौगिकीकरण, अव्यवस्थित बसोवास, बसाइँ सराइमा तीव्रता, वातावरणीय प्रदुषण, बदलिँदो जीवनशैली, खानपिनमा आएको परिर्वतन जस्ता विभिन्न कारणहरूले गर्दा शहरी क्षेत्रका मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको देखिन्छ। फलस्वरूप शहरी क्षेत्रमा सरुवा रोग, नसर्ने रोग, दीर्घ रोग तथा मानसिक रोगको प्रकोप बढ्दो छ। यद्यपी शहरी स्वास्थ्य केन्द्रहरुको अभावका कारण शहरी क्षेत्रमा विशेष गरी महिला तथा बालबालिका, गरीब तथा विपन्न वर्गमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउन सकिएको छैन।

स्वास्थ्य मन्त्रालयले आधारभूत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच वृद्धि गर्न मुलुकभर निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। शहरी स्वास्थ्य कार्यक्रमका लागि विभिन्न मन्त्रालयहरू बीच समन्वय गर्न प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा स्थापना गरी विभिन्न नगरपालिकाहरूमा स्वास्थ्य सेवा सञ्चालन गर्न सहयोग गर्दै आएको छ। त्यस्तै गरी केही नगरपालिकाहरूले जिल्ला जन/स्वास्थ्य कार्यालयको समन्वयमा शहरी स्वास्थ्य केन्द्रहरू सञ्चालन गरेका छन्। यद्यपी ग्रामीण क्षेत्र जस्तो शहरी क्षेत्रमा सरकारी तहबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने शहरी स्वास्थ्य संरचनाको विकास र विस्तार हुन सकेको भने छैन।

बढ्दो शहरीकरण, बदलिँदो सामाजिक तथा आर्थिक परिवेश सँगै मानिसमा देखिने रोगको प्रकृति र प्रकोप पनि परिवर्तन हुँदै आएको देखिन्छ। परिवर्तित जीवनशैलीसँगै जोखिमपूर्ण व्यवहारहरू जस्तै धुम्रपान, मद्यपान,असुरक्षित यौन सम्पर्क, लागू पदार्थको दुव्र्यसन जस्ता कारण मानिसहरू स्वास्थ्यको उच्च जोखिममा पर्दछ। शहरी क्षेत्रमा रोगको बढ्दो प्रकोप, स्वास्थ्यको जोखिम र दु्रत गतिमा बढ्दै गरेको जनसङ्ख्याको आवश्यकतालाई आधार मानेर वृहत शहरी स्वास्थ्य कार्यक्रम सञ्चालन हुन सकेको छैन।

यसको असर खासगरी शहरमा वसोवास गर्ने गरीब, महिला तथा बालबालिका र सिमान्तकृत समूहमा परेको देखिन्छ जुन वर्ग स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको अवस्था छ। उपरोक्त पृष्ठभूमिमा शहरी क्षेत्रमा बसोवास गर्ने आम नागरिकको स्वास्थ्य उपचारमा प्राथमिकता दिदै नेपाल सरकारले शहरी स्वास्थ्य नीति, २०७२ स्वीकृत गरी लागु गरेको छ। उक्त नीतिको मर्म र भावना अनुसार प्रत्येक नगरपालिकामा आवश्यकता अनुसार स्वास्थ्य संस्थाहरु स्थापना गर्दै लग्ने लक्ष लिईएको छ। सोही लक्षलाई परिपूर्ति गर्न गत आ.व.सम्म ५८ नगरपालिकाहरु सहित काठमाण्डौं र भक्तपुर जिल्लाका सवै नगरपालिका गरि जम्मा ७१ नगरपालिकामा नगर स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा रहेकोमा क्रमशः नेपाल सरकारबाट गठन भएका सवै नगरपालिकामा पु¥याउने कार्यक्रम रहेको छ।

हेरौ शहरी स्वास्थ्य नीति २०७२ को पूर्ण पाठ :