निपा भाईरस सम्बन्धि महत्वपूर्ण स्वास्थ्य जानकारी -भिडियो सहित /
संदेश मुलक भिडियो सामाग्री समेत उपलब्ध

परिचय

निपा भाइरस खासगरी ‘फ्रूट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यसको संक्रमणले सबैभन्दा पहिला सन् १९१८–१९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो। निपा भाइरस विशेषगरि जनावर र मानिस बाट सर्ने गर्दछ। यो भाइरसले मस्तिष्कमा असर गर्ने र ४८ घण्टामा मानिस अचेत अवस्थामा पुग्ने हुन्छ।

निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने गर्दछ /निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने साथै पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश बाट पनि सर्ने गर्दछ ।

कसरी बच्न सकिन्छ ?

  • फलफूल तरकारीहरु राम्रोसँग सफा गरेर खाऔँ, तरकारीको हकमा राम्ररी पकाएर खाआँै,
  • फलफूलको हकमा बोक्रा फालेर खाऔँ, राम्ररी धोएर खाऔँ
  • जो मासुजन्य काममा हुनुहुन्छ, बंगुरहरु बिरामी हुनसक्छन्,
  • गाईवस्तुहरु,मासुको काम गर्ने साथीहरुले पञ्जा लगाऔँ,
  • मास्क लगाआँै, आफूलाई व्यक्तिगत सुरक्षाका कवचहरु लगाएर मात्र ह्याण्डिल गरौँ,
  • मासुहरु राम्ररी पकाएर मात्र खाऔँ, भीडभाडमा नजाऔँ

कस्ता लक्षण देखिन्छन ?

 इन्सेफ्लाइटिभ, कोमा, डाउजी, बेहोस गराउन सक्छ, ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिन्छन

 सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् ।

उपचार के छ त ?

यसको अहिलेसम्म खोप बनेको छैन। यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ।

के छ सरकारको तयारि ?

निपा भाईरस सम्बन्धि स्वास्थ्य शिक्षा सामाग्रीहरु :

May be a cartoon of text that says 'निपाह माइरस? निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लागने भाइरसको संक्रमण हो यस भाइरस प्राकुतिक रुपमा फरट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ निपाह निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस कसरी सर्दछ मानिसबाट मानिसमा सर्दछ। संक्रमित चमेरोबाट सुँगुर, गाई, जस्ता मानिसमा संक्रमित पशुको संसर्गमा आएको फलफूल संक्रमित पिसाबसँग प्रत्यक्ष सम्पर्कमा निपाह भाइरसका लक्षणहरु जवरोआउने टाउकोदुख्ने वाकवारक लागने रिड्ठटालागने टन्सिलाहटिस् मांसपेशी दुख्ने निपाह भाइरसको रोकथाम कसरी गर्ने खाने सकेसम्म -गाईवस्तुको मासु काददा सकेसम्म -बेलाबेलामा साबुनपानीले धुने लगाउने राखूने पकाडँदा पन्जा मास्कको प्रयोग गर्ने कोरोना संक्रमणचाट वच्नका जनस्वासथ्यका मापदण्डको राष्टिय शिक्षा, सूचना सत्चार'

थप जानकारीको लागि हेरौ यो भिडियो :